• vacancy ad
  • विश्वकप छनोट: अष्ट्रेलियासँग ३-० ले हार्यो नेपाल

  • Ad Space available
  • विश्वकप तथा एसिया कपको छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपाल र अस्ट्रेलिया बीच खेल भएको थियो । शुक्रबार सम्पन्न भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ३-०ले हराएको हो ।

    कुवेत सिटीमा भएको खेलको ६ मिनेटमै अस्ट्रेलियाका लागि क्याप्टेन म्याथ्यु लकीले पहिलो गोल गरेका थिए । ३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए भने मार्टिन बोयलले ५७ मिनेटमा तेस्रो गोल गरे ।

    ad space

    खेलको ४५ मिनेटमा नेपालका रोहित चन्दले रेडकार्ड पाए । उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए ।

    विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ ।

  • ad space
  • सिफारिस