विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत शुक्रबार राती नेपाल र अस्ट्रेलियाबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपालबिरुद्ध अष्ट्रेलियाले २-० को अग्रता बनाएको छ ।
अस्ट्रेलियाले खेलको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो ।
खेलको पहिलो गोल अष्ट्रेलियन कप्तान लेसीले हेडिङमार्फत् गरेका थिए भने खेलको ३७ मिनेटमा कराकिकले गोल गर्दै खेललाई २-० बनाए ।
खेलमा नेपाली डिफेन्डर रोहित चन्दले रेडकार्ड पाएका छन् । डिफेन्समा राम्रो र अनुभवी खेलाडी मानिने रोहितले पहिलो हाफको थप समयमा रेड कार्ड पाएका हुन् ।
सिफारिस
लोकप्रिय