• vacancy ad
  • कोरोना भाइरसबाट दुई जनाको मृत्यु

    corona death
  • Ad Space available
  • पाँचथर। कोरोना भाइरस सङ्क्रणबाट दुई जनाको मृत्यु भएको छ। ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ।

    तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएकी ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो।

    ad space

    जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो। उनका श्रीमान् पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन्।

    होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पुर्‍याइएको जनाइएको छ। सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिए।

    विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उनको भनाइ छ। पाँचथरमा बिहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय