• vacancy ad
  • सभामुखले बोलाएको सर्वदलीय बैठक आज

  • Ad Space available
  • प्रतिनिधि सभा विघटन हुनुअघिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक डाकिएको छ ।
    सभामुख अग्नि प्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

    दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी गराएकम छन् ।

    ad space

    न्यौपानेका अनुसार यो बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ। नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको छ । सरकारले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि सभामुख सापकोटा असन्तुष्ट छन् ।

    सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय