

वर्तमान सरकारमा लामो समय गृहमन्त्रीको भूमिकामा रहेका रामबहादुर थापा बादल गैरसासंसद हुँदै मन्त्रीबाट बर्खास्त भएपछि उनकी श्रमती नैनकला थापाले मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
उनी ६ जेठको सर्वोच्चको आदेशअनुसार मन्त्रीबाट हट्नु परेको थियो । उनीहरूले १३ जेठमा मन्त्रीबाट छोडेका थिए ।
२५ जेठमा सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा सञ्चासहितका महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्रीसँगै राखिएकोमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै थापालाई सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ । उनको शपथ आजै हुँदै छ ।
यसअघि रघुबीर महासेठकी श्रीमति जुली महतोलालाई मन्त्रीबाट हटाइएपनि महासेठलाई पुन मन्त्री बनाइएको थियो ।
सिफारिस
लोकप्रिय