• vacancy ad
  • अमेरिका–मेक्सिको सीमाको भ्रमण गर्न उपराष्ट्रपति ह्यारिसलाई दबाब

  • Ad Space available
  • एजेन्सी। उपराष्ट्रपति बनेपछि पहिलोपटक विदेश भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिका–मेक्सिको सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढेको छ।

    अमेरिकामा ठूलो संख्यामा आप्रवासीहरूले प्रवेश गरिरहँदा ह्यारिसमाथि सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढेको हो । एक प्रस्तोताले अमेरिकाको उत्तरी सीमा क्षेत्रमा नगएको बारेमा प्रश्न सोधेपछि ह्यारिसले त्यसलाई टारेकी थिइन्।

    ad space

    गैरकानुनी आप्रवासनबारे चेतावनी दिएपछि डेमोक्र्याटिक नेताहरूले नै उनको चर्को आलोचना गरिरहेका छन्। दुई दशकयताकै उच्च एक लाख ७८ हजार आप्रवासीहरू अप्रिलमा सीमा क्षेत्रमा पुगेका थिए ।

    उपराष्ट्रपतिका एकजना सहयोगीले प्रारम्भिक अवस्थामा सिमाना ह्यारिसको जिम्मेवारीमा पर्ने बताएका थिए। मार्चमा राष्ट्रपति जो बाइडनले उनलाई ल्याटिन अमेरिकाबाट भइरहेको आप्रवासन नियन्त्रणको जिम्मेवारी ह्यारिसलाई दिएका थिए ।

    तर पछिल्लो समयमा उनका सहयोगीहरूले राजनीतिक रूपमा विवादित मुद्दाबाट ह्यारिसलाई अलग राख्ने प्रयास गरिरहेका छन्।

    पछिल्ला सर्वेक्षणहरूमा अर्थतन्त्र र महामारीबारेका बाइडनका नीतिहरूलाई सकारात्मक रूपमा लिइए पनि आप्रवासनलाई सम्बोधन गर्ने उसको प्रयास लोकप्रिय पाइएको छैन।

  • ad space
  • सिफारिस
    लोकप्रिय