• vacancy ad
  • प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

  • Ad Space available
  • काठमाडाैं। सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो।

    ad space

    इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ। आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गरेका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय