काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।
सिफारिस
लोकप्रिय