• vacancy ad
  • डिस्चार्ज भए मदनकृष्ण श्रेष्ठ

  • Ad Space available
  • मुटुमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ घर फर्किएका छन् । बुधबार बिहान गंगलाल अस्पतालबाट उनी घर फर्किएका हुन् । अहिले मदनकृष्णको स्वस्थ्य स्थिति सुधारोन्मुख छ ।

    अस्पतालले मदनकृष्णलाई एक महिना रेष्ट गर्नुपर्ने बताएको छ । दुई सातापछि भने उनलाई फलोअपको लागि अस्पताल लग्नुपर्ने हुन्छ ।

    ad space

    मदनकृष्णलाई यसअघि पनि मुटुमा समस्या देखिएको थियो । डेढ वर्ष अगाडि उनको ग्राण्डी हस्पिटलमा मुटुको एन्जियोप्लास्टि गरिएको थियो ।

    उक्त समय मदनकृष्णको मुटुमा एउटा स्टेन्ट राखिएको थियो । अहिले भने उनको मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएका कारण दुई वटा स्टेन्ट थपिएको छ ।

    मदनकृष्ण श्रेष्ठ केही समय अगाडि कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए ।

  • ad space
  • सिफारिस