• vacancy ad
  • नेपाल पक्षले ओली पक्षका ७ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

  • Ad Space available
  • धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ७ जना सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

    संसदीय दलको निर्णयविपरीत विश्वाको मतको विपक्षमा मतदान गरेको भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको हो ।

    ad space

    संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै दलका नेता प्रकाशबहादुर शाहले प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधेका हुन्।

    भोलि साँझ ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण नदिएमा वा चित्तबुझ्दो नभए दलको विधानअनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा दिइएको छ ।

    एमालेको ओली पक्षको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

    तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । सुदूरपश्चिम सरकारमा नेपाल पक्षका चार मन्त्री र तीन जना राज्यमन्त्री छन्।

    मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि बसेको एमाले संसदीय दलको बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय