• vacancy ad
  • सुदूरपश्चिमा मुख्यमन‍्त्रीले विश्वासको मत लिदैँ, एमाले विभाजित हुँदा सहज नभए असम्भव

  • Ad Space available
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै छन् ।
    भट्टले प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्न खोजे पनि एमाले एक हुँदा विश्वासको मत लिन गाह्रो छ ।
    विश्वासको मतका लागि आइतबार नै मुख्यमन्त्री भट्टले प्रदेश सभामा पत्र दर्ता गराएका छन् ।

    नेकपा एमालेको ‌ओली समूहका सांसदले अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री भट्टको राजीनामा माग गरेका थिए । १० जेठमा एमाले स्थायी समिति बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
    नेपाल खनाल समूहका सांसदले भने समर्थन रहेको बताएका थिए । संसदमा एमालेका २४ मध्ये नेपाल खनला समूहको बहुमत छ ।

    ad space

    सुदूरपश्चिम प्रदेशसभामा हाल सभामुखसहित ५२ सदस्य छन् । मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ ।
    सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।
    एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
    कांग्रेसले अहिलेसम्म पक्ष–विपक्ष कता मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन ।

  • ad space
  • सिफारिस
    लोकप्रिय