• vacancy ad
  • मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो

  • Ad Space available
  • काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरिएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

    उनलाई हिजो बाँसवारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो । मुटुको एन्जियोप्लास्टीपछि उनको अवस्था सुधारोन्मुख रहेको छ ।

    ad space

    अहिले आइसीयूबाट डिलक्स रुममा सारिएको अस्पतालले जनाएको छ । उनको गत वर्ष पनि एन्जियोप्लास्टी गरी स्ट्यान्ड राखिएको थियो ।

    कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचार गराएका श्रेष्ठ गत साता मात्रै घर फर्किएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय