काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा देशभर ९२ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६,९५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
सिफारिस
लोकप्रिय