• vacancy ad
  • सरकारको अन्योलता तर, ३ वटा प्रदेशसभामा आज बजेट अधिवेसन

  • Ad Space available
  • प्रदेश–२ को प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक सोमबार आज बस्दै छ ।

    प्रदेश–२ सरकारले प्रदेशसभाको चालु पाँचाैं अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको हो ।

    ad space

    मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डा.राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्।

    प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८/७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ।

    प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ।

    सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ। प्रदेशसभामा प्रदेश प्रमुख डा.अहिराजले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।

    नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ।

    प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। बजेट अधिवेशन सुरु हुनु एक दिन अघि आइतबार नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारबाट बाहिरिएको ५ महिना पछि समर्थन फिर्ता लिएको छ।

    यता कर्णाली प्रदेशसभाको दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो ।

    यसका अलावा सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सुची तय भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए

  • ad space
  • सिफारिस
    लोकप्रिय