• vacancy ad
  • इजरायलमा १२ देखि १६ वर्षका बालबालिकालाई खोप सुरू

  • Ad Space available
  • काठमाडाैं। इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ।

    सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान सुरू गरेको हो।

    ad space

    इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि सुरू गरिएको थियो। पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो। त्यसबेलादेखि योग्यताको उमेर विस्तारै कम गरिएको छ र १६ वर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो।

    इजरायलमा शनिबारसम्ममा करिब ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन्। यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय