• vacancy ad
  • विद्रोहीको हमलामा १३२ को मृत्युपछि बुर्किनाफासोमा तीन दिन राष्ट्रिय शोक

  • Ad Space available
  • एजेन्सी। सशस्त्र बन्दुकधारीले बुर्किनाफासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ।

    पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो। रातकाे समयमा विद्रोहीले गरेको हमलामा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ।

    अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्। तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन्। विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन्।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले घटना दुःखद् भएको बताउँदै घटनाको निन्दा गरेका छन्।

    घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। उनले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनु पर्ने पनि उल्लेख गरेका छन्।

    सिफारिस
    लोकप्रिय