‘मेरीबास्सै’बाट चर्चामा आएका हाँस्यकलाकार सुलेमान शंकार उर्फ् ‘इकु’ नयाँ टेलिश्रृखलाको तयारीमा लागेका छन् । उनले ‘इकुपिताङ’ नामक टेलिश्रृखला बनाउन लागेका हुन् । जसको कथा तथा निर्देशन पनि सुलेमान कै रहने छ ।
‘इकुपिताङ’मा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतको अभिनय रहने छ ।
ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रो साताबाट प्रशारण हुनेछ ।
पछिल्लो समय हाँस्य टेलिश्रृखला ‘हल्का रमाइलो’ मा देखिएका ‘इकु’ उक्त टेलिश्रृखलाबाट पनि बाहिरिसकेका छन् । हल्का रमाइलोमा काम गरेपछि नयाँ पुस्ताका दर्शकले इकुलाई धेरै रुचाए । त्यसैले पनि उनले आफैँ टेलिश्रृखला बनाउन लागेका हुन् ।