अन्तत: कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ । नेपाली कांग्रेस २ वटा मन्त्रालय लिएर सहभागि भएको हो ।
आइतबार कांग्रेसका २ सांसदले कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिएका छन् ।
कर्णाली प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसीले शपथ लिएका हुन् ।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मन्त्रीद्वयलाई शपथ गराएका हुन् ।
नेकपा विभाजनसँगै शाही अल्पमतमा परेपछि कांग्रेसले सहयोग गरेकोथियो ।
सिफारिस
लोकप्रिय