• vacancy ad
  • संगठन विस्तार गर्न नेपाल खनाल समूहको अपिल, ओलीबाट गुट र फुटकै राजनीति भएको निष्कर्श

  • Ad Space available
  • नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाले समूहले संगठन विस्तारको काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । ओलीसँग एकता सम्भव नभएको भन्दै उनीहरूले यस्तो अपिल गरेका हुन् ।

    ‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताको नाममा हुने प्रचार र भ्रममा नपरी आ-आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रूपमा संगठन निर्माणमा सक्रिय रहन र सबैको मनोबल उच्च बनाउने सम्पूर्ण नेता कार्यकर्तामा हार्दिक आह्वान गर्दछौँ,’ नेपाल खनाल समूह अले जारी गरेको अपिलमा भनिएको छ ।

    ad space

    आइतबार २० र २१ जेठसम्म चलेको केन्द्रीय समिति बैठकबाट पारित प्रस्ताव सार्वजनिक गर्दै कार्यकर्ताहरूलाई भनिएको छ, ‘हामीले लिखित रूपमा दिएको पत्रमा उल्लेखित कुराहरू विश्वसनीय रूपमा पूरा हुँदैनन्, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ । चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौँ ।’

    बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै त्यसविरुद्ध संघर्ष जारी राख्नुपर्ने र वार्ताको नाममा अलमलिन नहुने प्रस्ताव पारित गरेको छ नेताहरूले बताएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय