एजेन्सी । अमेरिकी विमान कम्पनी युनाइटेड एयरलाइन्सले अबको आठ वर्षभित्र सुपरसोनिक विमानबाट यात्रुहरूलाई सेवा दिने भएको छ । सो एयरलाइन्सले सन् २०२९ भित्रमा १५ वटा नयाँ सुपरसोनिक विमान खरिद गरी यात्रुलाई सेवा दिने घोषणा गरेको छ ।
समाचार एजेन्सी बीबीसीका अनुसार, युनाइटेड एयरलाइन्सले डेनवरस्थित बुम नामक कम्पनीको द ओभरचर विमान खरिद गर्न लागेको हो । यो कम्पनीले अहिले सुपरसोनिक विमानको परीक्षण गरिरहेको छ ।
सुपरसोनिक विमान यस्तो विमान हो, जुन विमान १८ हजार ३ सय मिटरको उचाईमा प्रतिघण्टा १ हजार ६० किलोमिटरको रफ्तारमा उड्न सक्छ । अन्य सामान्य विमान भने प्रतिघण्टा ९ सय किलोमिटरको गतिमा उड्छ । ओटरचर विमान भने १ हजार ८ सय ५ किलोमिटर प्रतिघण्टा उड्न सक्छ ।
सुपरसोनिक विमानको अर्काे विशेषता भनेको ध्वनिभन्दा तीव्र गतिमा उड्ने क्षमता राख्नु हो ।
सुपरसोनिक विमान हवाई उडानमा नयाँ प्रयोग पक्कै होइन । यसअघि पनि यात्रुहरूले सुपरसोनिक विमानमा चढेर यात्रा गरिसकेका छन् । सन् २००३ मा एयर फ्रान्स र ब्रिटिस एयरवेजले कानकोर्ड नामक विमानको सेवा बन्द गरेपछि सुपरसोनिक विमानको सेवा ठप्प भएको मानिएको छ ।
सिफारिस
लोकप्रिय