• vacancy ad
  • कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा प्रयोग गर्न अनुमति

  • Ad Space available
  • एजेन्सी। कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ।

    ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरूको संख्या ६७ पुगेको छ।

    ad space

    रुसमा विकास गरिएको स्पुतनिक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दाबी गर्दै आएका छन्।

    दक्षिण अमेरिकी मुलुकहरुमध्ये सबैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो।

    कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनीकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    विश्वभरी कोरोनाभाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ। तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ।

    स्पुतनिक भी का विकासकर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दाबी गरेका छन् । उनीहरुले यो खोपको दीर्घकालीन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय