काठमाडौं। स्वास्थ्यमा समस्या आएपछि नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । उनी काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।
उनले गत मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । सोहीसम्बन्धी समस्याको आशंकामा उनी अस्पताल भर्ना भएका हुन् । पन्तको उपचार भइरहेको छ ।