• vacancy ad
  • रक्षा र गृहसहित प्रधानमन्त्री ओली आफैंले राखे ७ मन्त्रालय

  • Ad Space available
  • काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्दा ७ मन्त्रालयको जिम्मेवारी आफैँ राखेका छन्। अन्य मन्त्रालय मन्त्रिपरिषद् विस्तारमा अरुलाई दिएपनि रक्षा भने उनी आफैं राख्न चाहेका छन्।

    यसअघि ईश्वर पोखरेललाई सो मन्त्रालयको जिम्मेवारी दिएपनि उनलाई विनाविभागीय बनाएर ओली आफूले नै रक्षा मन्त्रालय राखेका थिए। नेपाली सेनासँग प्रत्यक्ष सरोकार राख्ने रक्षा ओली आफैँले लिनुलाई अर्थपूर्ण मानिएको छ।

    ad space

    प्रधानमन्त्रीसँग अब रक्षासहित गृह, सूचना तथा सञ्चार, संस्कृत पर्यटन तथा नागरिक उड्डयन, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय