• vacancy ad
  • नेपालकाे २-० ले विजयी

  • Ad Space available
  • नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो। बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले जित हासिल गरेकाे हाे ।

    फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ।

    ad space

    नेपालका लागी अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

    खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रिकिक पाएको थियो।

    नेपालका लागि दोस्रो गोल नवयुगले गरे। वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए।

    नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए।

  • ad space
  • सिफारिस