• vacancy ad
  • कोरोना संक्रमण : संक्रमित हुनेको संख्या फेरी बढ्यो, मृत्युदर भने घट्यो

  • Ad Space available
  • कोभिड १९ को संक्रमण हुने संख्या फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यो समयमा २१ हजार ७ सय ७३ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८ सय २५ जना संक्रमित देखिएका हुन् ।

    मृत्युको संख्यामा भने केही कमि आएको छ । पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा कूल ७ हजार ६३० पुगेको छ ।
    संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।
    हालसम्म नेपालमा ५ लाख ७६ हजार ९३६ जनामा कोरोना पुष्टि भएको छन् भने १ लाख १ हजार ८३९ सक्रिय संक्रमित रहेको छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय