• vacancy ad
  • ओली पक्षले भन्यो– माधव नेपालले बोलाएको बैठकमा नजानू

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षले माधवकुमार नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको छ ।

    पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै नेपाल पक्षले बोलाएको बैठक अनधिकृत भएको आरोप लगाएका हुन् ।

    ad space

    उनले पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।

    उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानअनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु ।’

    नेपाल पक्षको केन्द्रीय समितिको बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ। सो बैठकले पार्टीमा पछिल्लो समयमा देखिएको विवाद र ओली पक्षसँग जारी वार्ताका विषयमा छलफल हुनेछ।

  • ad space
  • सिफारिस
    लोकप्रिय