• vacancy ad
  • चीनको सिनोभ्याक खोपलाई डब्लुएचओद्वारा आकस्मिक प्रयोगका लागि मान्यता

  • Ad Space available
  • एजेन्सी। चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको छ। विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि अनुमति दिएको यो चीनको दोस्रो खोप हो।

    सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरको हो। सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो। डब्लुएचओले मान्यता दिनुअघिदेखि नै यो खोप केही देशमा प्रयोग भइरहेको छ।

    ad space

    विश्व स्वास्थ्य संगठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति दिएको छ। सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनुपर्ने गरी विश्व स्वास्थ्य संगठनले अनुमति दिएको बताइएको छ।

    यो खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ। अठार वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरुमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय