विवादपछि कर्णालीको मन्त्रिपरिषद् बैठक बोलाइएको छ । युवा तथा खेलकुद विभागलाई सामाजिक मन्त्रालयबाट झिकेर आन्तरिक तथा कानून मन्त्रालयमा गाभ्ने निर्णयबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही पछि हटेपछि कर्णाली पदेश सरकारको विवाद समाधान भएर बैठक बोलाएको हो ।
मुख्यमन्त्रीको यो निर्णयमा सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो ।
कांग्रेसले मन्त्री बनाउन दुई जनाको नाम टुंग्याए पनि मन्त्रालयमा विभाग फिर्ता नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएकै कारण मूख्यमन्त्री आफ्नो निर्णय सच्याउन बाध्य भएका हुन् ।
१ असारमा बजेट ल्याउनैपर्ने बाध्यात्मक अवस्थाका बीचमा कर्णाली प्रदेश सरकारले जेठ २४ गतेसम्म संसद अधिवेशन बोलाउने तयारी गरेको छ ।
सिफारिस
लोकप्रिय