• vacancy ad
  • तीन देशका लागि हवाई उडान खुला

  • Ad Space available
  • काठमाडौं। सरकारले मंगलबारदेखि लागू हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला गरेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो । बिहीबारको मन्त्रिपरिषद्को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।

    ad space

    यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान गर्दै आएका छन्। त्यसबाहेक आन्तरिकका साथै अन्तर्राष्ट्रिय नियमित उडानहरू अहिले स्थगित छन्।

    कोरोना भाइरस नियन्त्रण तथा रोकथामको प्रयासमा चालिएका प्रतिबन्धात्मक कदमसँगै वैशाख तेस्रो सातादेखि नियमित उडानहरू पनि रोकिएका छन्।

    संक्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्नेगरी नेपाल आउने नेपाली र विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न भन्दै सरकारले नयाँ मापदण्ड जारी गरेको छ।

  • ad space
  • सिफारिस