• vacancy ad
  • कोरोनाका नयाँ भेरियन्टको नामाकरण, भारतीय भेरियन्ट डेल्टा र कप्पा, अमेरिकी भेरियन्ट लोटा

  • Ad Space available
  • काठमाडौं। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो।

    भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो। यसअघि भारतीय भेरियन्ट भनेकोमा भारतले आपत्ति जनाएको थियो।

    ad space

    डब्लुएचओले ग्रीक अल्फाबेट्सका आधारमा संसारका विभिन्न देशमा देखिएका भेरियन्टको नामाकरण गरेको हो । कोरोनाका नयाँ नयाँ भेरियन्टलाई देशको नामसँग जोडिएकामा विवाद आइरहेका बेला डब्लुएचओले नयाँ नाम दिएको हो ।

    सन् २०२० सेप्टेम्बरमा ब्रिटेनमा सबैभन्दा पहिले भेटिएको कोरोना भाइरसको बी १.१.७ भेरियन्टलाई अल्फा नाम दिइएको छ भने दक्षिण अफ्रिकामा भेटिएको बी.१.३५१ लाई बीटा नाम दिइएको छ । नोभेम्बर २०२० मा सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पी.१ भेरियन्टलाई अब गामा नामबाट चिनिनेछ ।

    यसैगरी मार्च २०२० मा अमेरिकामा भेटिएको भेरियन्ट बी.१.४२७/बी.१.४२९ लाई एपलिसन, अप्रिल २०२० मा ब्राजिलमा भेटिएको पी.२ भेरियन्टलाई जीटा, केही देशमा भेटिएको बी.१.५२५ भेरियन्टलाई इटा, फिलिपिन्समा भेटिएको पी.३ भेरियन्टलाई थीटा, र २०२० नोभेम्बरमा अमेरिकामा पाइएको बी.१.५२६ भेरियन्टलाई लोटा नाम दिइएको छ ।

    डेल्टा अर्थात बी.१.६१७.२ लाई भारतमा संक्रमणको दोस्रो लहरका लागि जिम्मेवार मानिएको छ । भाइरसको यो स्वरुप मूल भाइरसभन्दा केही खतरनाक देखिएको छ । भारतबाहेक संसारका धेरै देशमा यो भेरियन्ट पुष्टि भएको छ।

  • ad space
  • सिफारिस