काठमाडौं। विश्व नम्बर दुई नाओमी ओशाकाले फ्रेन्च ओपन टेनिसका बाँकी खेल नखेल्ने घोषणा गरेकी छन्।
खेलपछि सञ्चारमाध्यमसँग कुरा नगरेपछि १५ हजार डलर जरिवानाका साथै प्रतियोगिताबाट निष्काशनको चेतावनी दिइएका बेला उनले प्रतियोगिता बहिस्कार गरेकी हुन्।
ट्वीटर मार्फत फ्रेन्च ओपनबाट अलग भएको घोषणा गर्दै ओशाकाले सन् २०१८ मा पहिलो ग्राण्डसलाम उपाधि जितेपछि आफू लामो समय डिप्रेशनमा परेको बताएकी छन्।
गत साता आफ्नो मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै खेलपछिका पत्रकार सम्मेलनमा सहभागी नहुने घोषणा गरेकी थिइन्। उनले ट्विटरमा आफू कहिल्यै पनि बिचलित हुन नचाहेको समेत बताएकी छन्। उनी चार पटककी ग्रान्डस्लाम विजेता हुन् ।
फ्रेन्च ओपनअन्तर्गत आइतबारको पहिलो चरणको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गरेपछि उनी पत्रकार सम्मेलनमा सहभागी भएकी थिइनन् ।
सिफारिस
लोकप्रिय