काठमाडौं। कोपा अमेरिका कप पुनः ब्राजिलमा नै हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको कोपा अमेरिका कप प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी हुँदा ब्राजिलमा सारिएको हो ।
दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले अर्जेन्टिनामा कोरोना संक्रमणको बढ्दो दरका कारण आयोजकको जिम्मेवारी खोसिएको बताएको छ ।
आगामी जुन १३ देखि सुरु हुने प्रतियोगिता ब्राजिलमा हुने घोषणा गरिएपनि कुनै पनि रंगशालाको टुंगो लागेको छैन ।
अर्जेन्टिनाले कोलम्बियासँग मिलेर प्रतियोगिता आयोजना गर्ने तयारी थियो । तर कोलम्बियामा प्रदर्शन चर्किँदै गएपछि मे २० मा उसलाई आयोजकको जिम्मेवारीबाट हटाइएको थियो ।
अहिले अर्जेन्टिनाबाट पनि सो जिम्मेवारी खोसिएको हो । ब्राजिल दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।
सिफारिस
लोकप्रिय