• vacancy ad
  • अन्योलमा कोपा अमेरिका

  • Ad Space available
  • एजेन्सी । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका कप अर्जेन्टिनामा पनि नहुने भएको छ । अर्जेन्टिनामा कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहर बढेपछि दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार प्रतियोगिता अर्जेन्टिनामा नगर्ने निर्णय गरेको हो ।
    अर्जेन्टिनामा अहिले सबै प्रकारका फुटबल रोकिएका छन् । महासंघको यो निर्णयपछि प्रतियोगिताको आयोजनाबारे अन्योल छाएको छ ।

    यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले जुन १३ बाट संयुक्त रूपमा गर्ने तय भएको थियो । तर कोलम्बियाले आफ्नो देशमा भइरहेको प्रदर्शनका कारण नाम फिर्ता लिएको थियो । निर्धारित कार्यक्रमअनुसार प्रतियोगिता सुरु हुन १३ दिन मात्र बाँकी छ । महासंघले नयाँ आयोजकबारे छलफल भइरहेको पनि जनाएको छ । प्रतियोगिता एक वर्षअगाडि नै हुनुपर्ने थियो तर कोरोना महामारी चर्केपछि एक वर्ष पछाडि सारिएको थियो । अब दोस्रोपल्ट प्रतियोगिताको आयोजना अनिश्चित भएको छ ।

    ad space

    अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ । पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि कन्मेबलले अर्जेन्टिनामा प्रतियोगिता नगर्ने निर्णय गरेको हो । सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो ।

    दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल)ले छिट्टै नयाँ आयोजकबारे जानकारी दिने जनाएको छ । तर, अब आयोजना स्थल परिवर्तन भएसँगै खेल मिति पनि केही परिवर्तन हुन सक्छ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे थिए । समूह ‘बी’मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय