काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २ हजार ४२५ एन्टिजेन परीक्षणमा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।