• vacancy ad
  • बाँकेमा कोरोना संंक्रमणबाट थप पाँच जनाको मृत्यु

    corona death
  • Ad Space available
  • नेपालगञ्ज। बाँकेका अस्पतालमा उपचाररत थप पाँच जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

    उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।

    ad space

    यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ ।

    योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय