• vacancy ad
  • लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका पाण्डेय निर्वाचित

  • Ad Space available
  • बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।

    उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समेत समर्थन प्राप्त भएको थियो । उनले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । माओवादी केन्द्रबाट खड्का एमालेमा प्रवेश गरेपछि रिक्त भएको सो स्थानमा उपनिर्वाचन भएको हो ।

    ad space

    पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ मत पाए भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका थिए । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

    पाण्डेय गत महिना मात्रै एमालेको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

    २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

    सोही दिन कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले राष्ट्रियसभा उपनिर्वाचनको साझा उम्मेदवार बनाएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय