

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले निजी कार्यक्रमबीच विवाह गरेका छन्।
बेलायती अखबार सनले प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा ३० जना आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। कोरोनाका कारण बेलायतमा विवाहमा ३० जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ।
जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन्। बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो।
उनीहरूबीच सन् २०१९ देखि नै प्रेम सम्बन्ध रहेको समाचार प्रकाशित भएका थिए।प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्ष पुगेका छन्। उनकी नयाँ श्रीमती ३३ वर्षकी हुन्। जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो विवाह हो।
सिफारिस
लोकप्रिय