• vacancy ad
  • कोरोना महामारीबीच महत्वाकांक्षी ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

  • Ad Space available
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा महत्वाकांक्षी ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

    अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भएकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर, केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत मात्र रहने संशोधित अनुमान गरेपनि अर्थमन्त्रीले बजेट भाषणमा सो लक्ष्य पूरा नहुने स्वीकार गरेका छन्।

    सिफारिस
    लोकप्रिय