
काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ११६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ४ हजार ४८७ जना संक्रमित थपिएका छन् । कोरोनाको परीक्षण घटाएपछि संक्रमितको संख्या उल्लेख्य रुपमा कमी देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घन्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।
सिफारिस
लोकप्रिय