काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।