• vacancy ad
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुने दरमा १७ प्रतिशत कमी

    corona death
  • Ad Space available
  • एजेन्सी। अमेरिकामा २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन्। यसैगरी सो अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ।

    कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३७ प्रतिशतले कमी आएको छ । अमेरिकामा हालसम्म कुल पाँच लाख ९१ हजार ५९३ जनाको मृत्यु भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ।

    ad space

    हाल अमेरिकामा २७ हजार ९४६ अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २३ प्रतिशतले घटेको छ।

    अघिल्लो दिन अमेरिकामा नौ लाख ८६ हजार ३९५ जनाले कोरोनाको जाँच गराएका छन् । बिहिबार बिहान मे २७ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ८९५ रहेको छ। अमेरिकामा कुल २८ करोड ९२ लाख १२ हजार ३०४ जनाले कम्तिमा एक खोप लगाएका छन् ।

    अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४० प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको सङ्ख्या ५० प्रतिशत पुगेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय