• vacancy ad
  • मकालु हिमालबाट साढे छ हजार किलोग्राम बढी फोहोर संकलन

  • Ad Space available
  • संखुवासभा। सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ।

    नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ।

    ad space

    मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए ।

    फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको उनले जानकारी दिए ।

    टोलीले गत जेठ ११ गते सम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौँथो क्याम्प फोहोर संकलन गरेको थियो । यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु,सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरी, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय