• vacancy ad
  • माओवादी केन्द्र प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट

  • Ad Space available
  • सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त भएका छन्।

    माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

    यसअघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली थियो। प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने बताएका छन्। यसअघि भने उनलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको थियो।

    सिफारिस
    लोकप्रिय