• vacancy ad
  • यूकेजी र लेखमणिले बनाए कमेडीमा गिनिज रेकर्ड

  • Ad Space available
  • काठमाडौं । नेपाली कमेडियनले अहिलेसम्म विश्वकै अग्लो ठाउँमा उभिएर स्ट्यान्डप कमेडी गरी ‘गिनिज अफ वल्र्ड रेकर्ड’ बनाएका छन् । यसअघिको रेकर्ड तोड्दै ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएको हो ।

    नेपाली युवापुस्तामाझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले २० वैशाख ३ मे २०२१ मा विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको थियो । सो समूहका दुई कलाकारले ५ हजार ६ सय ४३ मिटरको उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका हुन् ।

    ad space

    ‘प्रदूषणरहित समाजको परिकल्पना, हरअनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर नेपग्याजम मिडिया एन्ड प्रोडक्सन प्रालिले कालापत्थरमा स्ट्याडअप कमेडी आयोजना गरेको हो ।

  • ad space
  • सिफारिस