• vacancy ad
  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  • Ad Space available
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १० दशमलव १४ अंकले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार बराबरको कारोबार भएको हो ।

    आजको कारोबारमा वित्त समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १८, लगानी शून्य दशमलव १८ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ, भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ९२, जलविद्युत् शून्य दशमलव २३, जीवन बिमा शून्य दशमलव ५१, लघुवित्त शून्य दशमलव ०१, निर्जीवन बीमा शून्य दशमलव ०२, व्यापार तीन दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

    ad space

    आजको कारोबारमा राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६३ प्रतिशलते घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयनइन्स्योरेन्स लिमिटेडको रू ४३ करोड ९३ लाख ६८ हजार दुई सय १० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको पाँच लाख ५३ हजार आठ सय चार कित्ता शेयर किनबेच भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय