• vacancy ad
  • रामपुर नगरपालिकाले वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न

  • Ad Space available
  • पाल्पा ,रामपुर नगरपालिकाले वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न  गरेको छ ।

    जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा शिविर मार्फत प्रदान गरेको हो । आइतबार वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी भूगोलका हिसावले टाढा नागरिकलाई सेवा प्रवाह गरेको हो ।

    शिविरबाट हिउँदे अधिवेशन बाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो । जेष्ठ नागरिकलाई परिचय पत्र प्रदान गरी रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवं उपप्रमुख बालकुमारी थापाले जनतालाई स्थानीय सरकार जनताको सेवाको लागि साथमा छ भन्ने आभास दिलाउन नगरपालिका कार्यालय देखि दुरीका हिसावले पर रहेका नागरिकको लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले घुम्ती शिविरलाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने बताउनुभयो । नगरपालिका कार्यालयको सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।

    उहाँले यस अघि वडा नं. ९ मा पनि शिविर सञ्चालन गरिएको र वडा नं. १ पश्चात अब वडा नं. १० मा पनि शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीले सहज रुपमा सेवा लिन पाउने नागरिकको अधिकारलाई प्रत्याभूति दिलाउन शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।

    वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले नगरपालिकाको सेवा संगै स्वस्थ्य जाँच सेवा ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको बताउनुभयो । शिविर वडा नं. १ र २ का ३९० जनाले विभिन्न सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २२३ जनाले प्राप्त गरेका छन् ।

    जसमा मधुमेह, एचआईभी र उच्च रक्तचाप जाँच गरिएको थियो । त्यस्तै आँखा तथा कान जाँच १७६ जना, दन्त परिक्षण १४९ जना, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ५० जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा १७ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र २६ जना, योजना सम्झौता ७ जना, बैंक खाता खोल्ने ११ जना,  पशु सेवा १९८ र कृषि सेवा १५२ जनाले सेवा लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । साथै शिविरमा ३ जना कृषकले माटो परिक्षण र ८ जना कृषकले माटो परिक्षण गराएका छन् ।  शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण गरिएको थियो । वडाबाटै सेवा प्राप्त गरेसँगै स्थानीयहरु खुशी भएका छन् ।

    शिविर शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्र

    सिफारिस
    लोकप्रिय