• vacancy ad
  • चीन जस्तै नेपालमा पनि अदालती प्रक्रियाहरू अनलाइनबाट टुंगिन्छन् : न्यायाधीश फुयाल

  • Ad Space available
  • काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरु पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताएका छन् । नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

    चीन भ्रमणमा जाँदा यो प्रणाली सफल भएको देखेको भन्दै उनले भने, ‘म चीन भ्रमणमा जाँदा त्यहाँका अदालतहरू अवलोकन गर्ने मौका पाएको थिएँ । जसमा अदालतमा मान्छेहरू थिएनन् । मोबाइलबाट क्लाइन्टहरूले सर्भिस दिँदा रहेछन् । सूचनाहरू लिँदा रहेछन् । सबै इन्टरनेट र अनलाइनबाट त्यहाँको अदालती कारबाही हुँदोरहेछ । मैले इन्टरमिडियट कोर्टमा एउटा सेसन हेरें, जज अगाडि बस्नुभएको थियो । वकिलहरू कम्प्युटर अगाडि लिएर जजसँग सँगसँगै कम्प्युटरमा काम गरिरहनु भएको थियो ।’ 

    ad space

    उनले अगाडि थपे, ‘बहस भन्दा पनि टेक्निकल भेरिफिकेसन । मुद्दाको विषयवस्तुसँग भेरिफिकेसन खालको कुराहरू उहाँहरूको बीचमा हुने रहेछ । मैले त्यहाँको सर्वोच्च अदालतको सबै डेटा कन्ट्रोल रुम हेर्ने मौका प्राप्त गरें । सबै अनलाइन प्रणालीमा गइसकेको रहेछ । हाम्रो लागि यो निकै महत्वपूर्ण हो ।’ सो अवसरमा उनले भारतमा पनि अदालतका कारबाहीहरू अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही शुरु भएको तर पूर्ण रुपमा हुन नसकेको उल्लेख गरेका छन् । 

  • ad space
  • सिफारिस
    लोकप्रिय