• vacancy ad
  • एमालेका १५ नेताको वक्तव्य : अवैध अध्यक्ष बनेर ओली स्वेच्छाचारी भए

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका १५ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को गर्दै स्वेच्छाचारी र हैकमवादी काम गरेको भन्दै भत्र्सना गरेका छन् ।

    पार्टीको नवौं महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लंघन गर्दै कथित आयोजक समिति बनाएर अवैध अध्यक्ष बनेको भन्दै विधान महाधिवेशनको निर्णयको कुरा उठाउने नेतामाथि हैदमवादी शैलीमा कारबाहीको डण्डा चलाएको उनीहरुको भनाई छ ।

    ad space

    पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका हुन् ।

    नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ, २०७५ को अवस्थाबाट सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । नेपाल समूहका १५ नेताले संयुक्त वक्तव्यमा भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य हो । हामी देश र जनताप्रतिको कर्तव्य निर्वाह गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरुसंग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएका हौं ।’

    प्रधानमन्त्री ओलीले राज्ययन्त्र, सत्ता र सरकारको चरम दुरुपयोग गरेको र उनको कामकारबाहीले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत् भएको नेपाल समूहको निष्कर्ष छ ।

    ‘प्रधानमन्त्री ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं’, वक्तव्यमा भनिएको छ।

    प्रेस-वक्तव्य-जेठ-१२-२०७८

  • ad space
  • सिफारिस
    लोकप्रिय