• vacancy ad
  • गुल्मीमा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय बृद्धको मृत्यु !

  • Ad Space available
  • गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धको मृत्यु भएको छ ।

    जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला बस्ने ८० वर्षका इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) चिरञ्जीवी दाहालले बताउनुभयो ।

    ad space

    गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।

    मृतक गिरीको घर परिवारमा उनी र भाई मात्र रहेको प्रहरीले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय