• vacancy ad
  • आधा किलो सुनसहित २५ वर्षीय युवक पक्राउ

  • Ad Space available
  • दाङ । दाङको घोराहीमा आधा किलो सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१४ मिलन चोकबाट आधा किलो (४० तोला) सुनसहित २५ वर्षीय रञ्जित रसाइली पक्राउ परेका हुन् । मोटरसाइलमा सवार रसाइली घोराही–१५ ट्राफिक चोकबाट शुक्रबार बेलुकी ६ बजेतिर सुनसहित पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीबीचमा भरियाको काम गर्ने ब्यक्तिको रूपमा विगतदेखि नै परिचालित रहेका थिए । ‘रसाइलीले त्यो सुन बुटवलबाट ल्याएको देखिन्छ,’ डिएसपी शाहले भने, ‘पक्राउ परेका व्यक्ति क्यारियरका रूपमा काम गर्ने बीचका मान्छे हुन् ।’ रसाइलीबाट दुई वटा सुनको सिक्री, एउटा सुनको डल्लो बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    ad space

    रसाइलीबाट बरामद भएको सुन तौल गर्दा जम्मा ४९७ ग्राम ४ मिलीग्राम पुगेको प्रहरीले जानकारी दिएको छ । उनीबाट एक लाख सात हजार आठ सय नगद पनि बरामद भएको छ । प्रहरीले रसाइली सवार लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । रसाइलीमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय